२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

अध्यक्ष ओलीविरुद्ध सत्ता पक्षका कार्यकर्ताद्वारा ढुंगामुढा गर्न खोजियोः पदम गिरी

१३ वैशाख, काठमाडौं  । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी हुन लागेको कार्यक्रम बिथोल्न खोजेकोप्रति आपत्ति जनाएका छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा उनले अध्यक्ष ओलीविरुद्ध नाराबाजी गरेकोप्रति आपत्ति जनाएका हुन् । बैठकमा प्रमुख सचेतक पदम गिरीले भने, ‘काठमाडौंबाट झापाको भद्रपुर विमानस्थल पुगिसकेको अवस्थामा त्यहाँबाट कार्यक्रमस्थल बुधबारेतर्फ जाने क्रममा कार्यक्रमस्थलमा पुग्नै लाग्दा त्यहाँभन्दा बाहिर बसेर हाम्रो पार्टीका अध्यक्षलाई होहाल्ला गर्ने, कार्यक्रम बिथोल्न वाञ्चित गतिविधि गर्ने शान्ति भंग गराउने काम भएका छन् ।’

उनले एमालेले लोकतन्त्र संस्थागत बनाएर शान्तिपूर्ण राजनीतिमा विश्वास गर्ने बताए । उनले सत्तापक्षकै कार्यकर्ता घुसपैठ भएर एमाले नेतृत्वमाथि ढुंगामुढाको प्रयास भएको बताए । मुलुकको शान्ति स्थापना गर्ने जिम्मा सत्तापक्षको भएको उल्लेख गर्दै उनले प्रतिपक्ष भएर अन्याय सहन नसक्ने चेतावनी दिए।

प्रकाशित मिति : April 26, 2023 at 4:41 pm