७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

यी कम्पनीका लगानीकर्ताले आज गुमाए सर्वाधिक

१३ वैशाख, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार सेयर बजारमा दाेहाेराे अंककाे गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.६८ अकंले घटेर १८९२.०० बिन्दुमा बन्द भएको छ । आज २६४ कम्पनीको २५ लाख ७१ हजार २०२ कित्ता सेयर किनबेच हुँदा ८४ करोड ७० लाख २८ हजार २१९ रुपैयाँको कारोबार भएको छ ।

आज सेयर बजार घटेसँगै केहि कम्पनीहरुको सेयर मूल्य घटेको छ । आज सनराइज ब्ल्युचिप फण्डको अन्य कम्पनीको तुलनामा बढी प्रतिशतले सेयर मूल्य घटेको छ ।

त्यस्तै, ताँरागाँउ रिजेन्सी होटल, मानसी लघुवित्त,गुराँस लघुवित्त, सिटिजन्स् म्युचुअल फण्ड लगायतका अन्य कम्पनीहरुको सेयर मूल्य घटेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार १५:२६