७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

पुरानो लाभांश लिन सेयरधनीलाई बोटलर्स नेपालकाे अनुरोध

१३ वैशाख, काठमाडौं । बोटलर्स नेपाल तराई लिमिटेडले सेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ । कम्पनीले ३१ औं (आव २०७३/७४ ) वार्षिक साधारण सभाबाट पारित लाभांश लिन अनुराेध गरेकाे हाे ।

कम्पनीको सेयर रजिष्ट्रारको कार्यालय काठमाडौं, नक्सालस्थित नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडमा सम्पर्क गरी १ महीना भित्र उक्त लाभांश लिन अनुराेध गरेकाे हाे ।

सो अवधिभित्र लाभांश रकम लिन नआए उक्त भुक्तानी गर्न बाँकी रहेको लाभांश रकम कम्पनी ऐन, २०६३को दफा १८३ बमोजिम स्थापित लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार १३:३९