प्रि ओपन सेसनमा करिब २ अंकले बढ्यो नेप्से, ६३ हजारकाे काराेबार
१३ वैशाख, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार १७.३६ अंकले बढेर १९०५.६८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.८६ अंकले बढेर १९०७.५४ विन्दुमा पुगेको छ।
बुधबार प्रि ओपन सेसनमा १० स्टकको ६३ हजार ६९ रुपैयाँ बराबरको ३०३ कित्ता सेयर खरिदबिक्री भएको छ। प्रि ओपन सेसनमा ९ स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ।
प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार १०:५८












