७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

एक कम्पनीकाे १५ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

१३ वैशाख, काठमाडाैं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज वैशाख १३ गते अन्तिम दिन रहेको छ।

वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ संस्थाले भोलि वैशाख १४ गतेदेखि वैशाख ३० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आजसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्रै कम्पनीकाे लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

संस्थाले ११ औँ वार्षिक साधारणसभा वैशाख ३० गते बिहान ९ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७८/७९को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीकाे १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

७९ करोड १९ लाख ८४ हजार ७९० रुपैयाँको १५ प्रतिशतले हुन आउने ११ करोड ८७ लाख ९७ हजार ७१८.५ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव अनुमोदन गर्नेछ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार ०९:१९