७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

मेन्छियाम हाइड्रोको आईपीओ बाँडफाँड मिति तय, सेयर पाउने भाग्यमानी कति ?

१२ वैशाख, काठमाडाैं । मेन्छियाम हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ भोलि वैशाख १३ गते बुधबार बाँडफाँड हुने भएकाे छ । बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलका अनुसार कम्पनीकाे आइपीओ बुधबार बिहान १०:३० बजे लैनचौर ब्यान्क्वेटमा शेयर बाँडफाँड  हुन लागेकाे हाे ।

कम्पनीले वैशाख ४ देखि वैशाख ७ गतेसम्म सर्बसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो। अन्तिम दिनसम्ममा कम्पनीकाे आईपीओमा १२ लाख २८ हजार २०० जनाले १ करोड ३५ लाख ७ हजार ९६० कित्ताका लागि आवेदन दिएका थिए । जुन मागभन्दा १४.४४ गुणा बढी आवेदन हो । कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेकाले यसको बाँडफाँड गोलाप्रथाद्वारा हुनेछ । गोलाप्रथाद्वारा बाँडफाँड गर्दा  भाग्यमानी ९३ हजार ४९१ जनाले १० कित्ता सेयर पाउने छन् । तिनै मध्येबाट ५ जनाले थप १ कित्ता गरी ११ कित्ता सेयर पाउनेछन् ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार १५:३२