नेप्सेमा थप दुई कम्पनीकाे बाेनस सेयर सूचिकृत, हेर्नुहाेस् कुनकाे कति ?
१२ वैशाख, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज थप दुई कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । नेप्सेमा लुम्बिनी जनरल इन्स्योरेन्स र नेपाल हाइड्रो डेभलपर लिमिटेडको बोनस सेयर सूचिकृत भएको हाे ।
१) लुम्बिनी जनरल इन्स्योरेन्स
नेप्सेमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको ६.९९ प्रतिशत बोनस बापतको ९ लाख १७ हजार ६४४.५० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
२) नेपाल हाइड्रो डेभलपर लिमिटेड
नेप्सेमा नेपाल हाइड्रो डेभलपर लिमिटेड कम्पनीकाे ५ प्रतिशत बोनस बापतको १ लाख ५९ हजार ९६५ कित्ता सेयर सूचिकृत भएको हो ।
प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार १५:०४












