२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

उपनिर्वाचनमा ठूला दलप्रति जनताकाे चासो देखिएन्, पार्टीमा सुधार चाहियोः सभापति देउवा

११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले, प्रतिनिधि सभा उपनिर्वाचनमा पनि ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको भन्दै व्यापक सुधारको खाँचो औल्याएका छन् । सोमबार संसद भवन नयाँबानेश्वरमा बसेको संसदीय दलको बैठकमासभापति देउवालेउपनिर्वाचनमा पनि ठूला पार्टीप्रति जनताको वितृष्णा देखिएको भन्दै पार्टी सुधारमा लाग्नुपर्ने बताएका हुन् ।

केन्द्रिय सदस्य सांसद रामहरी खतिवडाले, सभापतिको भनाई उद्धतगर्दै भने ‘उप निर्वाचनमा पनि ठुला राजनीतिक पार्टीप्रति जनताको चासो देखिएन अब पार्टी सुधारमा तपाई हामी एक भएर लाग्नु पर्छ । ’ खतिवडाले बैठकमा सांसदहरुले आफ्नो पार्टीको तर्फबाट मन्त्री भएकाहरुले गर्नु पर्ने काम तथा पार्टीको आन्तरिक सुधारका विषयमा छलफल भएको बताए ।

देशको अहिलेको आर्थिक अवस्था र आगामी वर्षको बजेट तयारीबारे पनि छलफल भएको छ । उनले भने, ’तर जनताको विकास निर्माणका अपेक्षा धेरै छन्। यसलाई कसरी सम्बोधन गरेर जाने? भनेर छलफल भएको छ। सबैले बोल्ने क्रम नसकिएकाले भोलि १० बजे पनि हामी बैठक बसेर छलफल हुनेछ।’ बैठकमा सांसदहरुले छोटो समय देशको नेतृत्व गरेका बीपीपछि कांग्रेसबाट धेरै नेतृत्व र अर्थमन्त्री बनेपनि जनतासँग जोडिने कार्यक्रम ल्याउन नसकेको गुनासो गरेका थिए।

प्रकाशित मिति : April 24, 2023 at 3:47 pm