बारा-२ मा उपेन्द्र यादवको अग्रता, अरु कसको कति ?
११ वैशाख, बारा – बारा निर्वाचन क्षेत्र २ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता लिएका छन् । पाँच सय ८० मत गनिसक्दा जसपाका यादवले २२३ मत प्राप्त गरेका छन्।
त्यस्तै जनमत पार्टीका उम्मेदवार शिवचन्द्र प्रसाद कुशवाहाले १७० मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले १६६ मत ल्याएका छन् । त्यस्तै रास्वपाका उम्मेदवार रमेश खरेलले ८० मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति : April 24, 2023 at 2:19 pm









