२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले पाएनन् विश्वासको मत

११ वैशाख, रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत पाएनन् । साेमबार प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै उनी नेतृत्वको सरकार ढलेको हो।

प्रदेशसभामा रहेका ८७ सांसदहरूमध्ये प्रस्तावको पक्षमा ३३ र विपक्षमा ५३ मत पाएसँगै मुख्यमन्त्री गिरीको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएको हो ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा सरकार गठनका लागि ४४ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ। गत पुस २७ गते नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र दुई स्वतन्त्र गरि ५८ जना सांसदको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका थिए।

मुख्यमन्त्री गिरीलाई दिएको समर्थन फिर्ता लिँदै गत चैत १२ गते नै नेपाली कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै विभिन्न ८ दलका ५३ सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका छन्। एमालेले विश्वासको मत नपाएमा ठूलो दलको हिसाबले संविधानको धारा १६८ (३) बमोजिम सरकारको नेतृत्वमा दाबी गर्ने तयारी छ ।

प्रकाशित मिति : April 24, 2023 at 1:29 pm