११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

सर्दन नाइटस क्लबद्वारा खेलाडीहरुको सम्मान, म्यान अफ दि सिरिज राजु गुरुङ

एडिलेड सर्दन नाइटस क्रिकेट क्लब एडिलेडले सम्मान साँझको आयोजना गरि खेलाडीहरुको सम्मान गरेको

कार्यक्रममा क्लवको स्थापना देखि योगदान गरेका खेलाडीहरु पारस जोशी निराजित रिमाललाई क्खादा ओडाएर क्लवका धिरजज्ञवालीले सम्मान गरेका थिए क्लवले २०२२/०२३ सिजनमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीहरुलाई विभिन्न विधामा सम्मान गरेको थिए जसमा म्यान अफ सिरिज राजु गुरुङ, पहिलो म्यान अफ दि म्याचशंकर थापा, सर्वाधिक म्यान अफ दि म्याच भए सागरराज कँडेल, उदीयमान खेलाडीनवीन कँडेल, इनिङ्समा सर्वाधिक व्यक्तिगत स्कोरसागरराज कँडेल, वर्षको उत्कृष्ट क्याचविकास सुवेदी, सबैभन्दा प्रभावशाली खेलाडीआरोज महर्जन, उत्कृष्ट बलरराजु गुरुङ, उत्कृष्ट ब्याट्सम्यानसागरराज कँडेल, सपोर्टर अफ इयरकिरण भण्डारी भएका थिए । त्यसै गरि स्पोन्सर तथा सहयोगीहरुलाई सम्मान गरिएको थियो कार्यक्रमलाई सम्वोधन गर्दै एडिलेड नेप्लिज क्रिकेट एशोशियसन(एन्का) अध्यक्ष विजय जोशीले सम्मानितहरुलाई बधाई दिदै क्लवलेक्रिकेटमा गरेको योगदानका धन्यवाद ज्ञापन गरेका थिए जोशीले गत सिजनमा एन्का लिग तथा अन्य खेलहरुमा क्लवको तर्फबाटखेल्ने खेलाडी तथा तिनको परिवार समेतलाई बधाई तथा धन्यवाद व्यक्त गरेका थिए त्यसै गरि ओशियाना नेपाली खेलकुदमाएन्काका खेलाडीहरु क्रिकेटमा निकालेको जितको समेत प्रशंसा व्यक्त गरेका थिए कार्यक्रममा एक्सपट एजुकेशन एण्ड भिषासर्भिसेजका एडिलेडका निर्देशक रुपक वर्तौला, सम्मानितहरु पारस जोशी, निराजित रिमाल, राजु गुरुङ, लोन सोलुसन एडिलेडकानिर्देशक अंकित अधिकारी, डोको टुरका निर्देशक बिजय पौडेल, एन्का किङ्सका क्याप्टेन सुनम गौतम लगायत वक्ताहरुले सम्मानितहरुलाई बधाई ज्ञापन गरेका थिए कार्यक्रम क्लवका अध्यक्ष बिकास सुवेदीको अध्यक्षता संचालन जिवन्त सापकोटाको संचालनमा भएको थियो

प्रकाशित मिति : April 23, 2023 at 4:50 pm