३९५ रुपैयाँमा एनआईसी एसिया बैंकको सेयर बिक्रीमा, क-कसले दिन पाउँछन् आवेदन ?
८ वैशाख, काठमाडाैं । एनआईसी एसिया बैंकले केही संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । बैंकले ७ लाख १५ हजार ९५९ कित्ता संस्थापक सेयर आज वैशाख ८ गते शुक्रबारदेखि लिलामीमार्फत बिक्रीमा ल्याएकाे हाे । बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरि आवेदन दिन सक्नेछन् ।
लिलामीमार्फत बिक्रीमा ल्याइएकाे उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। इच्छुक संस्थापक सेयरधनीहरूले वैशाख १५ गतेसम्म काठमाडाैंकाे लाजिम्पाटस्थित धितोपत्र बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको कार्यालयमा बोलपत्र पेस गर्नुपर्नेछ।
प्रकाशित मिति : April 21, 2023 at 10:07 am









