नेप्सेमा थप एक कम्पनीको मूल्य समायोजन, कतिमा खुल्छ काराेबार ?
८ वैशाख, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप १ कम्पनीको मूल्य समायोजन भएको छ। नेप्सेमा एसियन लाइफ इन्स्योरेन्स कम्पनीको मूल्य समायोजन भएको हो । नेप्सेमा कम्पनीकाे ८.५५ प्रतिशत बोनसपछि प्रतिकित्ता ५६९ रुपैयाँ ५९ पैसा कायम भएकाे हो।
नेप्सेले बिहीबारकाे अन्तिम कारोबार मूल्य ६१८ रुपैयाँकाे आधारमा मूल्य समायोजन गरेको हो । सोही मूल्यको आधारमा नै आइतबार सेयर बजारमा कारोबार खुल्नेछ ।
प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार ०९:५३












