१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

नायव सुब्बासहित लेखापढी व्यवसायमाथि आरोपपत्र दायर

७ बैशाख, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बासहित लेखापढी व्यवसायीलाई भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरेको छ ।

कार्यालयले जलेश्वर, महोत्तरी, भूमिसुधार तथा मालपोत कार्यालयका नायव सुब्बा रामकृष्ण पण्डित र भू-सेवा केन्द्रका लेखापढी व्यवसायी शुभाष चन्द्रलाल कर्णविरुद्ध आज विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार नायब सुब्बा पण्डितले दाखिला खारेज गरी जग्गाधनी पुर्जासमेत दिलाइदिने भन्दै सेवाग्राहीसँग रु नौ हजार घुस मागी लेखापढी व्यवसायी कर्णलाई राख्न दिई भ्रष्टाचारजन्य कसुर गरेको आरोपमा मुद्दा दायर गरिएको हो ।

आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले निजलाई सेवाग्राहीसँग रु नौ हजार घुस लिँदै गरेको अवस्थामा अघिल्लो वर्ष फागुन १८ गते नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित मिति : April 20, 2023 at 4:41 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/