घोराही सिमेन्टले आईपीओ जारी गर्न धितोपत्र बोर्डबाट पायाे अनुमति, प्रतिकित्ता कति तिर्नुपर्छ ?
७ वैशाख, काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । धितोपत्र बोर्डले कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न अनुमति दिएसँगै अब कम्पनीले कुल ७९ लाख ४३ हजार ८०१ कित्ता आईपीओ निष्कासन गर्नेछ।
कम्पनीले कुल कित्तामध्ये ७५ लाख ४६ हजार ६११ कित्ता आईपीओ सर्वसाधारणका लागि जारी गर्नेछ। सर्वसाधारणले यो आईपीओमा प्रतिकित्ता ४३५ रुपैयाँ तिर्नुपर्नेछ। यसमा कम्पनीले ३३५ रुपैयाँ प्रिमियम थप गरेको छ। यसैगरी कम्पनीले स्थानीयका लागि ३ लाख ९७ हजार १९० कित्ता आईपीओ जारी गर्नेछ। स्थानीयले भने उक्त आईपीओमा प्रतिकित्ता ४०० रुपैयाँ तिर्नुपर्नेछ। स्थानीयका लागि कम्पनीले ३०० रुपैयाँ प्रिमियम थप गरेको छ। घोराही सिमेन्टको आईपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल र नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेकाे छ ।
प्रकाशित मिति : April 20, 2023 at 4:04 pm









