२४ जेष्ठ २०८३, आइतबार | Mon Jun 8 2026

कृषि विकास बैंकको नाफामा गिरावट, वितरणयोग्य मुनाफा कति ?

७ वैशाख, काठमाडाैं । कृषि विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेकाे वित्तीय विवरणअनुसार तेस्रो त्रैमासम्ममा बैंकको खुद नाफा ४५.३६ प्रतिशतले घटेकाे छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको खुद नाफा १ अर्ब ४ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म बैंककाे खुद नाफा घटेर १ अर्ब ९० करोड रुपैयाँमा सीमित बनेको छ।

साे अवधिमा बैंकको वितरणयोग्य मुनाफा ५५ करोड ४३ लाख रुपैयाँ रहेको छ। अघिल्लो बर्ष बैंककाे वितरणयोग्य मुनाफा २ अर्ब ८६ करोड रुपैयाँ रहेकाे थियो।

तेस्रो त्रैमाससम्म बैंककाे सञ्चालन मुनाफा १ अर्ब ४४ करोड रुपैयाँ रहेकाे छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ४८.१५ प्रतिशतले कम हो। अघिल्लो वर्षकाे यहि अवधिसम्म बैंककाे सञ्चालन मुनाफा २ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो। याे अवधिमा बैंककाे खुद ब्याज आम्दानी ११.८६ प्रतिशतले बढेर ६ अर्ब २४ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ५ अर्ब ५८ करोड रुपैयाँमा सीमित थियो।

तेस्रो त्रैमाससम्म बैंकको चुक्तापुँजी १८ अर्ब ८८ करोड रुपैयाँ रहेकाे छ । बैंककाे रिजर्भको आकार भने ५.४७ प्रतिशतले घटेर १० अर्ब ६० करोड रुपैयाँ रहेकाे छ ।

समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात (एनपीएल)भने बढेर ४.३५ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल २.३२ प्रतिशतमा सीमित थियो। समीक्षा अवधिसम्म बैंकको ईपीएस घटेर ७.९० रुपैयाँ कायम भएको छ।

प्रकाशित मिति : April 20, 2023 at 11:37 am