१३ मंसिर २०८१, बिहीबार | Thu Nov 28 2024

मन्त्री पाउने उधारो अाशमा बामदेव गाैतमका लागि ठाउँ छाड्न राजी भए रामवीर

–पवित्रा मुडभरी

२३ असोज, काठमाडाैँ । गत प्रतिनिधिसभा निर्वाचनमा बर्दियाका जनताले अस्वीकार गरेका नेकपाका नेता बामदेव गाैतमलार्इ काठमाडाैँ क्षेत्र नम्बर ७ बाट उपनिर्वाचन मार्फत संसदमा ल्याइने भएको छ । बामदेवलार्इ सांसद बनाएर संसद प्रवेश गराउन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पाैडेल कम्मर कसेर लागेका छन ।

हरेक दिनजसो बामदेवलार्इ सांसद बनाउने विषयको एजेण्डा बोकेर सांसद खोजी गरीरहेका दाहाल र पाैडेलले मानन्धरलार्इ कन्भिन्स गर्न सफल भए । उनी काठमाडाैँ ७ बाटै दोस्रो पटक निर्वाचित भएका सांसद हुन । यसअघि काठमाडाैँ महानगरपालिका वडा नम्बर १६ को सफल वडा अध्यक्ष रहेका मानन्धर स्पष्ट वक्ता हुन । मानन्धर बालाजुस्थित अष्टनारायण चलचित्र मन्दिरका मालिकसमेत हुन ।

दैनिकीसँग कुरा गर्दै सांसद मानन्धरले अाफ्नो राजिनामा पत्र समेत प्रचण्ड मार्फत पार्टी सचिवालय पठाइसकेकाे बताएका छन । २५ गते बस्ने सचिवालय बैठकले अाफ्नो राजिनामा र बामदेव गाैतमको उम्मेदवारीबारे निर्णय लिने भन्दै अाफूलार्इ राष्ट्रियसभाको बाटोबाट मन्त्री बनाउने प्रतिवद्धता दाहाल र पाैडेलले गरेकाे उनले बताए । स्रोतका अनुसार रामवीरलार्इ मन्त्री बनाउने विषयमा प्रचण्डले लिखित प्रतिवद्धता नै जनाएका छन ।

मन्त्रीको लोभमा गुट परिवर्तन 

मानन्धरले मन्त्री पाउने लोभमा गुट परिवर्तन गरेका छन । उनी प्रधानमन्त्री केपी शर्मा अेली गुटका हार्डलाइनर सांसद रहेका थिए । अघिल्लो पटक अोली प्रधानमन्त्री हुँदा र यसपटक पनि मन्त्री हुनका निम्ति अनेकन प्रयास गरेका मानन्धरले त्यस्तो कुनै गुञ्जायस नपाएपछि गुट परिवर्तन गरेका हुन । पछिल्लो समय विगतदेखि नै अोली र माधव नेपालको गुटमा रहेर केही नपाएको महशुष गरेका नेता कार्यकर्ता प्रचण्ड गुटमा मिसिन पुगेका छन ।

सात ठाउँमा लगाएको नजरमा धक्का 

निर्वाचनमा पराजय भोगेपछि गौतमले सुरुमा बर्दिया २ कै माओवादी केन्द्रका सांसद सन्तकुमार थारूलाई राजीनामा गराएर संसद बन्ने प्रयास गरेका थिए। त्यसपछि उनले दाहालकै सहयोगमा पूर्वी रुकुममा कमला रोकालाई राजीनामा गराएर सांसद बन्न खोजेका थिए तर उनको त्यो प्रयास पनि असफल भयो। गौतम निर्वाचनमा पराजित भएपछि दैलेखका सांसद रविन्द्रराज शर्माले ठट्टा गदै आफूले ठाउँ छाड्दिने भनेका थिए। वामदेवले भने उक्त कुरालाई साच्चिकै भनेर शर्माको ठाउँमा आफू सांसद बन्ने प्रस्ताव पार्टीमा ल्याएका थिए । पछि शर्माले ठट्टा मात्र गरेको भनेपछि वामदेवको सांसद बन्ने चाहनामा धक्का लाग्यो।

दैलेखमा पनि धोका खाएपछि गौतमले डोल्पाका सांसद तथा हाल राज्यमन्त्रीसमेत रहेका धनबहादुर बूढालाई राजीनामा गराएर सांसद उठ्ने तयारी गरेका थिए । बूढा सुरुमा गौतमलाई सांसद पद छाड्न तयार भए पनि उनी मतदाताको विचार बुझ्न जिल्ला जाँदा पार्टी जिल्ला समितिले पार्टी केन्द्रको सहमतिबिना राजीनामा नदिन लिखितरूपमा सचेत गरायो । वामदेवले आफू सांसद बन्नका लागि नवलपुर २ का सांसद तिलक महतसमक्ष पनि अप्रत्यक्षरूपमा प्रस्ताव गरेका थिए । महतले पनि गौतमको प्रस्ताव अस्वीकार गरेका थिए।

त्यसपछि गौतमको नजर आफ्नै जन्मथलो प्यूठानमा परेको थियो। त्यहाँबाट राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेललाई राजीनामा गराएर गौतमले चुनाव लड्न चाहेका थिए। त्यो प्रस्तावलाई राष्ट्रिय जनमोर्चाले लिखित रूपमै अस्वीकृत गरिदियो। वामदेव गौतमले ललितपुर १ का सांसद नवराज सिलवालाई पनि राजीनामा दिन दबाब दिएका थिए तर सिलवालले छाड्न चाहेनन् । अन्तिममा गौतमले बाँके ३ का सांसद नन्दलाल रोकायलाई राजीनामा दिन दबाब दिएका थिए। तर रोकायले भने पार्टी नेतृत्वले सामूहिक निर्णय नगरेसम्म आफूले पद नछाड्ने सार्वजनिक रूपमै बताइसकेका छन ।

धनबहादुरसँगको त्यो अन्तिम बैठक 

गत शनिबार अध्यक्ष प्रचण्ड, महासचिव पाैडेल र नेता गाैतमले संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री धनबहादुर बुढासँग अन्तिम पटक सामूहिक छलफल गरेका थिए । स्रोतका अनुसार उक्त छलफलमा राज्यमन्त्री बुढाले अाफूले छाड्न चाहे पनि कार्यकर्ताले नमानेको र अाफूले दुर्इ पटक जिल्ला घुमेर प्रतिक्रिया लिँदा बामदेव गाैतमलार्इ डोल्पाबाट चुनाव लडाए पनि पराजित हुने निश्चत भएको रिपोर्टिङ गरेका थिए । गाैतमले राजिनामा गर्न अाग्रह गर्दै जित्ने वा हार्ने मेरो कुरा हो, कसरी चुनाव जित्नुपर्छ मलार्इ पनि थाहा छ भने पछि बुढाले राजिनामा नै दिनुपरे पनि मंसिरपछि मात्रै दिने बताएका थिए । त्यसपछि बुढाको बाटोबाट सांसद बन्ने प्रयासलार्इ नेताहरूले त्यही थाती राखेका छन ।

कामकुराे एकातिर कुम्लोबोकी ठिमीतिर ..

नेकपा अध्यक्ष प्रचण्ड र महासचिव पाैडेल पार्टी एकता बलियो बनाउने र टुंगो लगाउने भन्दा पनि बामदेव गाैतमलार्इ संसदमा ल्याएर दुर्इ वर्षपछि अोलीलार्इ जसरी पनि सरकारबाट हटाउने अभियानमा केन्द्रीत भएका छन । तत्कालीन माअोवादीका राम्रो भनिएका नेताहरू समेत सबै अोली निकट बन्न पुगेपछि गुटको हिसाबाट अाफूलार्इ ज्यादै कमजोर महशुष गरेका प्रचण्डले बामदेवका लागि बल गरेका हुन । त्यसो त बामदेवको बुइ चढेरै दुर्इ वर्षपछि अनेक सहमति देखाएर प्रधानमन्त्री हुने दाउमा प्रचण्ड देखिएका छन । उनले दुर्इ वर्षपछि सरकारो नेतृत्व लिने विषयमा भारतमा गएर मुख खोलेका थिए ।

यो पनि पढ्नुहोस्

–बामदेव गाैतम काठमाडाैँ ७ बाट चुनाव लड्ने निश्चित, रामवीरको राजिनामा प्रचण्डको खल्तीमा

–बामदेव गाैतमलार्इ सांसद बन्न ठाउँ खाली गरिदिनेलार्इ तीन करोड !

प्रकाशित मिति : २३ आश्विन २०७५, मंगलवार ०८:२४