१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

१५० रुपैयाँमा सानिमा बैंकको सेयर बिक्रीमा, क-कसले दिन पाउछन् आवेदन ?

२८ चैत, काठमाडाैं । सानिमा बैंकले ११ लाख ८७ हजार १७३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । सानिमा बैंकका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको उक्त सेयर बिक्री गर्न निवेदन दिएपछि सेयर बिक्री खुला गरिएको बैंकले जानकारी गराएको छ । यो सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन पेस गर्न सक्नेछन्।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ। इच्छुक संस्थापक सेयरधनीले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य प्रस्ताव गरी आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नाक्साल, काठमाडौंमा सम्पर्क गरी सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

तोकिएको समय अवधिभित्र संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नआएमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएकाे छ ।

प्रकाशित मिति : April 11, 2023 at 12:49 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/