१ कार्तिक २०८३, शनिबार | Sun Oct 18 2026

बेस्ट फाइनान्सको डेढ लाख बढी कित्ता सेयर बिक्रीमा, क-कसले दिन पाउछन् आवेदन ?

२७ चैत, काठमाडाैं । बेस्ट फाइनान्स कम्पनीले केही सेयर बिक्रीमा ल्याएकाे छ । कम्पनीले विभिन्न संस्थापक सेयरधनीहरुका नाममा रहेको १ लाख ५५ हजार ५९३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएकाे हाे । उक्त सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

साे सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र काठमाडाैंकाे कमलादीस्थित कम्पनीको प्रधान कार्यालयमा आवेदन दिन सक्नेछन्।

तोकिएको समयअवधिभित्र साे सेयर खरिदका लागि संस्थापक सेयरधनीबाट कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम अन्य सर्वसाधारण तथा संस्थाहरुका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : April 10, 2023 at 12:36 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/