२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

राजमा घिउ सिमी प्रतिकेजी ९० रुपैयाँ, कति छ अन्य फलफूल तथा तरकारीको मूल्य ?


२७ चैत, काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ। जसअनुसार नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम ५० रुपैयाँ, अदुवा ११० रुपैयाँ, रातो आलु २७ रुपैयाँ, सेतो आलु २१ रुपैयाँ रहेको छ भने स्थानीय काउली ५० रुपैयाँ, कागती २०० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी रहेका छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ५० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ, चमसूरको साग ११० रुपैयाँ, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँमा किनबेच भइरहेको छ भने तितो करेला ९० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, भारतीय सुकेको प्याज ३२ रुपैयाँ, हरियो प्याज ५० रुपैयाँ, पुदिना १५० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ कायम गरिएको छ ।

यस्तै, ब्रोकाउली ७० रुपैयाँ, भान्टा लाम्चो ३० रुपैयाँ, भिण्डी ९० रुपैयाँ केजी र हरियो धनियाँ ३० रुपैयाँ पाइने छ । कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १५० रुपैयाँ, हरियो अंगुर १०० रुपैयाँ, भारतीय सुन्तला १४० रुपैयाँ, अनार २२५ रुपैयाँर आभोकाडो ४०० रुपैयाँ, अमला १२० रुपैयाँ, किवि ४०० रुपैयाँरहेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार १०:१८

https://srdb.com.np/