नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचिकृत, हेर्नुहाेस् कुनकाे कति ?
२६ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचिकृत भएकाे छ । नेप्सेमा आज ङादी ग्रुप पावरको र श्री इन्भेष्टमेन्ट एड फाइनान्सको बोनस सेयर सूचिकृत भएको हाे ।
१) ङादी ग्रुप पावर
नेप्सेमा ङादी ग्रुप पावर कम्पनीको ४.७५ प्रतिशत बोनस बापतको ८ लाख ३९ हजार ४८२.२५ कित्ता सेयर सूचिकृत भएको हो ।
२) श्री इन्भेष्टमेन्ट एड फाइनान्स
नेप्सेमा श्री इन्भेष्टमेन्ट एड फाइनान्स कम्पनीको २.४० प्रतिशत बोनस बापतको २ लाख ३० हजार ८२ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
प्रकाशित मिति : २६ चैत्र २०७९, आईतवार १५:१६












