३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

दुर्गा प्रसाईंसँग दुई करोड माग्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रेष्ठ निलम्बित

२६ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ। श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि उनलाई पार्टीले निलम्बन गरेको हो।

रास्वपाका सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीले श्रेष्ठलाई कारबाही गरिएको पुष्टि गरे। सांसद श्रेष्ठले प्रसाईंसँग साढे २ करोड पैसा मागेको अडिओ आइतबार बिहान सार्वजनिक भएको थियो। उनी समानुपातिकतर्फबाट रास्वपा सांसद भएका थिए।

प्रकाशित मिति : April 9, 2023 at 3:01 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/