५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

सम्मानित पद दिए झलनाथ खनाल पनि एमालेमै फर्किन्छन्ः मुकुन्द न्याैपाने

२५ चैत, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) पार्टी परित्याग गरेका मुकुन्द न्यौपानेले एकीकृत समाजवादी पार्टी अवसरवादमा लिप्त भएको आरोप लगाएका छन्। उनले पार्टी परित्यागकाे घाेषणा गर्दै भने, ‘सांसदको लागि झगडा गर्ने, सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने, जति खाए पनि नअघाउने, जति भरे पनि नभरिने मानिसहरू मात्रै माधवकुमार नेपाल नेतृत्वको पार्टीमा रहन्छन्,’।

उनले आफू अब नेकपा एमालेमा नै फर्किने बताउँदै देशभरका नेता कार्यकर्ताहरू समेटेर एमालेमा समाहित हुने तयारी रहेको त्यहाँ घोषणा गरे। नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालसमेत सम्मानित पद दिए एमालेमा नै फर्किने मनस्थितिमा रहेको उनले दाबीसमेत गरे।

नेता न्यौपानेले सांसद भएकाहरूलाई ९-९ महिनामा मन्त्री दिने भनेर आश्वासन दिएको भन्दै वर्तमान गठबन्धन ५ वर्ष नजाने दाबी गरे।

प्रकाशित मिति : 15:41