१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

मोहन वैद्य र धमेन्द्र बास्तोला नेतृत्वको पार्टीबीच एकता

२४ चैत, काठमाडाैं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको बहुमतबीच पार्टी एकता भएको छ। काठमाडाैंमा उनीहरूले पत्रकार सम्मेलन गररेर पार्टी एकताको घोषणा गरेका छन्। बास्तोलाले नेत्रविक्रम चन्द विप्लव महासचिव रहेको नेपाल कम्युनिष्ट पार्टीबाट अलग भएर नेपाल कम्युनिष्ट पार्टी (बहुमत) गठन गरेका थिए।

प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) बाट वैद्य अलग हुँदा उनलाई विप्लव र बास्तोलाले पनि साथ दिएका थिए। पछि विप्लव पनि वैद्यको पार्टीबाट अलग भएका थिए।

प्रकाशित मिति : April 7, 2023 at 1:54 pm