३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

कोशी प्रदेशको नाम पहिचानकै आधारमा राख्न माओवादी घटकका जातीय मोर्चाको माग

२३ चैत, काठमाडाैं । नेकपा माओवादी केन्द्र निकट विभिन्न जनवर्गीय संगठनहरूले, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर पहिचानको आधारमा कोशी प्रदेशको नामकरण गर्न मागगर्दै ज्ञापनपत्र बुझाएका छन् ।

किराती राष्ट्रिय मुक्ति मोर्चा, लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चालगायतका जातीय मुक्ति मोर्चाका पदाधिकारीसहितको प्रतिनिधि मण्डलले बालुवाटार पुगेर पार्टीले पहिचानको पक्षमा उठेको आन्दोलनको अपनत्व लिँदै नेतृत्वदायी भूमिका खेल्न प्रधानमन्त्रीसँग आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

ज्ञापनपत्रमाप्रदेशको नामाकरण कोशी भएपछि उत्पन्न परिस्थित र त्यसको तत्काल वार्ताबाट हल गर्न र आन्दोलनको क्रममा निधन भएकाको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न समेत माग गरिएको छ ।

यसअघि हिजो बुधबार बसेको माओवादी पदाधिकारी बैठकले नामाकरणका क्रममा पार्टीबाट कमजोरी भएको निष्कर्ष निकाल्दै पहिचानकै पक्षमा उभिने निर्णय गरेको थियो । माओवादीका सबै सांसदहरूले कोशी नामाकरणको पक्षमा प्रदेशसभामा भोट हालेका थिए।

प्रकाशित मिति : 12:48