भर्ने हाेइन त ? रावा इनर्जिले बिहीबारदेखि आईपीओ बिक्री गर्दै, कति दिने आवेदन ?
२२ चैत, काठमाडौं । रावा इनर्जि डेभलपमेन्टले भोलि चैत २३ गते बिहीबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गर्न लागेकाे हाे ।
कम्पनीले जारी पूँजी २८ करोड रुपैयाँको २ करोड ८० लाख रुपैयाँ बराबरको २ लाख ८० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुलाई बिक्री गर्नेछ । कम्पनीको सेयरमा खोटाङ्ग जिल्ला केपीलासगडी गाउँपािलका (साविक फेदी, खार्ताम्छा, बास्पानी, बाक्सिला, सप्तेश्वर, दिप्सुङ र सुङ्देल गा.वि.स.)का बासिन्दाहरुले खरिद गर्न सक्नेछन् ।
साथै सर्वसाधारणलार्ए छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ५६ हजार कित्ता सेयरमा नेपाल विदेशमा रोजगार गरी रहेका नेपालीहरुले आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा स्थानीय वासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले २ हजार ८ सय कित्तासम्म आवेदन दिन सक्नेछन् ।
उक्त आईपीओमा छिटोमा वैशाख ७ गतेसम्म आवेदन दिन सकिनेछ । तर, स्थानिय बासिन्दाहरुलाई बिक्री गरिएको सेयरमा पूर्ण आवेदन नपरेमा वैशाख २२ गतेसम्म आवेदन दिने समय लम्बिनेछ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभुमा क्यापिटल रहेको छ । स्थानिय लगानीकर्ताले आयोजना स्थल, प्रभु बैंकका तोकिएका शाखा कार्यालय र प्रभु क्यापिटलबाट आवेदन दिन सक्नेछन् । भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले स्वीकृत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत् साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।
प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार ११:४१












