३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026

गोलीले छेक्ने हो की बोलीले छेक्ने हो हामी सबै कुरा फेस गर्न तयार छौः रवि लामिछाने

२० चैत, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्व गृहमन्त्री रवि लामिछानेले, आफूमाथि विभिन्न क्षेत्रबाट प्रहार भइरहेको भन्दै आफूलाई छेक्न चाहानेलाई खुला चुनौती दिएका छन् ।

आज बिहान उम्मेदवारी दर्ता गराउने क्रममा चितवनस्थित जिल्ला पार्टी कार्यालयमा उपस्थित समर्थकलाई सम्बोधनगर्दै उनले भने ‘कसलाई कसरी छेक्न मन छ, आफ्नो गक्ष अनुसार, आफ्नो बुद्धि अनुसार, आफ्नो विवेक अनुसार छेके हुन्छ , गोलीले छेक्ने हो की बोलीले छेक्ने हो हामी सबै कुरा फेस गर्न हामी सबै कुरा सामना गर्न तयार छौ ।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचनमाहोनहार युवाहरूलाई उम्मेदवार बनाएको भन्दै उनले आफ्ना उम्मेदवार विरुद्ध षड्यन्त्र नगर्न चेतावनी दिए । उनले आफ्नो पार्टीले दुई तिहाइ बहुमत नल्याएसम्म आशाको दियो जगाई राख्न मतदातालाई आग्रह गरे । उनले भने ‘यो आशाको दियो कसैले निभाउन खोज्ला खबरदार, यो आशाको दियो नेपाली जनताले हातले छेकेर जोगाउने छन् ।

यसलाई निभ्न दिने छैनन् । तब सम्म निभ्न दिने छैनन् । जबसम्म देशका होनहार मान्छेहरू उम्मेदवार भएर नेपालको गरिमामय संसद्मा भरिभराउ हुने छन् हाम्रो नेतृत्वको दुई तिहाइको सरकार चल्ने छ तब सम्म यो दियो जोगाई राख्नुहोला । ’ उनले आजै चितवन २ बाट उम्मेदवारी दर्ता गरेका छन् ।

प्रकाशित मिति : April 3, 2023 at 11:29 am