२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

कांग्रेसले सुनकाे लड्डुको रूपमा प्रचार गराएको स्वर्णिम वाग्ले नै कांग्रेसमा रहेनन्

१६ चैत, काठमाडौँ । नेपाली कांग्रेसले सुन लड्डुको रूपमा प्रचार गराएको अर्थविद् डा स्वर्णिम वाग्लेले नै नेपाली कांग्रेस छोडेका छन् । वाग्लेले नेपाली कांग्रेसका नेताहरूई सानो पत्र लेख्दै आफूले कांग्रेस छाडेको जानकारी दिएका छन । उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनीति गर्ने निर्णय गरेर कांग्रेस छाडेका हुन ।

वाग्ले तनहुँबाट उपचुनाव लड्ने तयारीमा जुटेका छन । उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनको पत्नी आरजु राणा देउवाले हेपेको र कुनै पनि अवसर नदिएको भन्दै रोष प्रकट गरेका छन । गत चुनावमा नेपाली कांग्रेसको घोषणापत्र लेख्न मुख्य भूमिका खेलेका वाग्ने चुनावी प्रचारमा पनि प्रमुख वक्ताको रूपमा हिँडेका थिए ।

मिडियामा पनि  वाग्ले बाहेक कसैले अर्थतन्त्र नबुजेझैँ गरी प्रचार गरिएको थियो । उनी एमसीसीको पक्षमा प्रखर वक्ता बनेर अन्तरवार्ताहरूमा प्रस्तुत भएपछि पछिल्लो पटक सेलीब्रेटी बनेका थिए ।

वाग्लेले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको टिप्पणी यस्तो रहेको छ ।

****नेपाली काँग्रेसबाट अलग भएको घोषणा****
वि. स. २०४२ सालको ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली काँग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु । त्यस पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक-सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरें । विशेषत: योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवा दुबैले दिनुभएका जिम्मेवारी कौशलका साथ सम्पन्न गरेर मुलुकको मान राख्न सकेकोमा गर्व छ। तर पछिल्ला वर्षहरुमा काँग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ। जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाई-भाउजु-साला-भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ।

अब कांग्रेस-कम्युनिष्टका असल मानिसहरु, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ । सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु। आम नैराश्य चिरेर ‘यो देश बन्छ’ भन्ने आशा जगाउने हो, बनाउने नै हो । जय नेपाल।

प्रकाशित मिति : March 30, 2023 at 4:31 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/