२२ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 6 2026

कोशी प्रदेशलाई हराउँदै एपीएफद्वारा लगातार तेस्रो पटक उपाधिमा कब्जा

१६ चैत, काठमाडौं । सशस्त्रप्रहरीको एपीएफक्लबले ललितपुर मेयर्स कप टि– २० क्रिकेट प्रतियोगितामा उपाधिमाथि ह्याट्रिक गरेको छ।बिहीबार भएको फाइनलमा कोशी प्रदेशलाई ५४ रनको फराकिलो अन्तरले हराउँदै एपीएफले लगातार तेस्रो पटक उपाधिमा कब्जा जमाएको हो।

एपीएफले दिएको १ सय ५५ रनको कीर्तिमानी लक्ष्य पछ्याएको कोशी प्रदेशले निर्धारित २० ओभरमा ६ विकेटको गुमाउँदै १ सय रनमै समेटियो । कोशीका लागि कप्तान रुविना क्षेत्रीले ४१ बलमा ३५ रन बनाउँदा लकिता राजवंशीले अविजित २१ रन बनाईन् ।
अप्सरी बेगमले १० रन बनाईन् ।

एपीएफका लागि बिनु बुढाले २ तथा सोनु खड्का,रेखा रावल र नेरी थापाले समान १/१ विकेट लिईन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा १ विकेट गुमाएर १ सय ५४ रन बनाएको हो । यो ललितपुर मेयर्स कपको नै सर्वाधिक ठूलो योगफलहो । यस अघि २०२१ को पहिलो संस्करणमा ललितपुर मेयर्स ११ ले लुम्बिनीप्रदेशविरुद्ध १ सय ४४ रन बनाएको थियो ।

एपीएफका लागि ओपनर तथा कप्तान सीता राना मगरले ६८ बलमा ७९ रनको अर्धशतकीय ईनिङ खेलिन् । सीताले ९ चौका र २ छक्का प्रहार गरिन् । इन्दु बर्माले ४१ बलमा ५१ रनको अर्धशतकीय ईनिङ खेलिन् । सीता र इन्दुबीच दोस्रो विकेटका लागि १ सय ३६ रनको साझेदारी भयो ।

कोशीका लागि अलिसा खडियाले १ विकेट लिईन् । अपराजित रहँदै एपीएफच्याम्पियन बनेको हो । समूह चरणको खेलमा एपीएफले कोशीलाई ७विकेटले पराजित गरेको थियो । गत वर्षको फाइनलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको थियो ।

प्रकाशित मिति : March 30, 2023 at 2:34 pm