२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

बजेट माग्ने, काम गर्न नदिने प्रवृत्ति बढ्दै

१६ चैत, तुलसीपुर । बजेट माग्ने तर विकास गर्दा विवाद गर्ने प्रवृति बढ्दै गएको छ । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार पहिले विकासका लािग बजेट माग्ने र पछि बजेट परेपछि विकास गर्न नदिने प्रवृति बढेको बताइन् ।

“पहिले बजेट चाहियो भन्नुहुन्छ, हामीले बजेट हाल्दिन्छौँ”,उनले भनिन्“बजेट परेपछि कसैले जग्गा दिदैँनौँ भन्नुहुन्छ, कसैले केही भन्नुहुन्छ, अनि विकास रोकिन्छ ।” पछिल्लो समय उपमहानगरपालिकाको न्यायिक समितिमा यस्ता धेरै विवाद आउने गरेको उनको भनाइ छ ।

दैनिक चार/पाँचवटा यस्ता मुद्दा आउने गरेको उनको भनाइ छ ।“आजभोलि दिनदिनै यस्ता केश हामीकाहाँ आउने गरेका छन्”,उनले भनिन्“दैनिक ४/५ वटा केशहरु मिलाएर पठाउने गरेका छौँ ।” विकासमा कोही पनि बाधक हुन नहुँने उनको भनाइ छ । स्थानीयले सहयोग नगर्दा धेरै ठाउँमा सडक बीचमा रुख हुने, पोल हुने जस्ता समस्याहरु रहेका छन् ।

प्रकाशित मिति : March 30, 2023 at 1:49 pm