१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

भर्नुभयाे त ? मोदी ईनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

१६ चैत, काठमाडाैं । मोदी ईनर्जी लिमिटेडकाे आईपीओमा आवेदन दिने आज चैत १६ गते अन्तिम दिन रहेको छ। कम्पनीले फागुन २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको थियाे ।

कम्पनीले जारी पुँजी २ अर्ब ९० करोड रुपैयाँको १० प्रतिशत अर्थात २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता सेयर आयोजना प्रभावितलाई बिक्री खुला गरेको थियो । कम्पनीले आयाेजना प्रभावित पर्वत जिल्ला अन्तर्गत कुश्मा नगरपालिका ३, मोदी गाउँपालिका ५, मोदी नगरपालिका २, मोदी गाउँपालिका ६ र कुश्मा नगरपालिका ८ का स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।

आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआईसी एशिया बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोथेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

प्रकाशित मिति : March 30, 2023 at 10:42 am