२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

तीन मन्त्रालयको दाबी नछोड्ने नेकपा एसको निर्णय

१५ चैत, काठमाडाैं । एकीकृत समाजवादी पार्टीले तीन वटा मन्त्रालयमा पाटीको अडान नछोड्ने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले तत्काल आफ्नो अडानमा कायम रहने र मन्त्रालय भागबण्डा मिलेपछि मात्रै नाम सार्वजनिक गर्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनले भने ‘तीनवटा मन्त्रालयको दाबी रहेको कुरा प्रष्ट पारिसकेकै छौं आज पनि त्यो कायमै छ । तीनवटा मन्त्रालय प्राप्त भइनसकेको र मन्त्रालयको पनि टुङ्गो लागि नसकेको हुनाले लागेको अवस्थामा हामी प्रधानमन्त्रीको निर्णयमा अहिले बसिरहेका छौं ।’ तीनवटा मन्त्रालयको दाबी कायमै रहेको बताएका उनले मन्त्रालयको नाम आएपछि मन्त्रीहरुको नाम सार्वजनिक गर्ने उनको भनाई छ ।

प्रकाशित मिति : March 29, 2023 at 4:27 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/