२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

राष्ट्र बैंकको निर्देशनपछि महुली लघुवित्तले घटायो लाभांश, अब बोनस र नगद कति ?

१५ चैत, काठमाडाैं । नेपाल राष्ट्र बैंकको निर्देशनपछि महुली लघुवित्त वित्तीय संस्थाले पनि  आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तावित लाभांश घटाएकाे छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ५ प्रतिशत नगद लाभांश गरि कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाएको थियो।

तर राष्ट्र बैंकले १० गते पत्र पठाउँदै चुक्तापुँजीको अधिकतम १५ प्रतिशतमात्रै लाभांश वितरण गर्न संस्थालाई निर्देशन दिएको थियो। राष्ट्र बैंककाे निर्देशन पछि चैत १४ गते बसेकाे कम्पनीकाे सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीकाे १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । अब प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : March 29, 2023 at 10:53 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/