३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

आज सेतो मच्छिन्द्रनाथको रथजात्रा, यी स्थानमा सवारी साधन निषेध

१५ चैत, काठमाडौं । सेतो मच्छिन्द्रनाथको रथ यात्रा आज चैत १५ गते बुधबारबाट शुरु हुँदैछ । आज अपरान्ह ४ बजे मच्छिन्द्र बहालदेखि तीनधारा पाठशालासम्म खत यात्रा हुनेछ । रथजात्राका लागि काठमाडौं महानगरपालिकाले रुट निर्धारण गरिदिएको छ । रथजात्रा हुने सडकहरुमा सबै प्रकारका सवारी साधनलाई प्रवेश निषेध गरिएको महानगरपालिकाले जनाएको छ ।

त्यसपछि ५ बजेदेखि ६ः३० बजेसम्म जमल, रत्नपार्क र भोटाहिटी हुँदै असन पुग्ने छन् । १६ गते ५ बजेदेखि ६ः३० बजेसम्म असन, बालकुमारी, केल टोल, इन्द्रचोक रमखन हुँदै हनुमान ढोका, १७ गते ४ बजेदेखि ६ः३० बजेसम्म हनुमानढोका, चिंक मुगल, जैशी देवल, ज्याबहाल हुँदै लगन चोक पुर्‍याइन्छ ।

त्यसैगरी, १८ गते साँझ ५ः३० देखि ६ः३० बजेसम्म लगन आमा रुख परिक्रमा,१९ गते साँझ ५ः३० देखि ७ः३० बजेसम्म लगन, ज्याबहाल, द्यः लं, यूतुननी, कोहिति, भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालसम्म रथ यात्रा हुनेछ ।

प्रकाशित मिति : 10:37