३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

यति छिट्टै विश्वासको मत लिनु पर्ला भन्ने सोचेकै थिइनः प्रधानमन्त्री प्रचण्ड

६ चैत, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, आफुले यति चाँडै विश्वासको मत लिने दिन आउला भन्ने कल्पना समेत नगरेको बताएका छन् । दोस्रो पटक विश्वासको मतका लागि सदनमा उभिएका प्रधानमन्त्री प्रचण्डले, भने‘यति छिटै विश्वासको मतको लागि संसदसँग अनुरोध गर्ने दिन आउला भनेर मैले साचेकै थिईन् ।’

राष्ट्र सामु स्थिरताको प्रतिवद्धता जनाएका दुई पार्टी नै अस्थिरता तिर अग्रसर भएको आरोप लगाएका उनले यो निर्णय उचित नभएको टिप्पणी गरे । आज सोमबार संसदमा विश्वासको मत माग्दै उनले राप्रपा र नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिएर विश्वासको मत फिर्ता लिनु आफुहरुको लागि चिन्ताको विषय भएको बताएका हुन् ।

उनले भने ‘राजनीतिक स्थीरता सहित । राष्ट्रिय चयनमा राष्ट्रपतिका लागि मेरो प्रस्ताव पछि अचानक राप्रपा र नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिएर विश्वासको मत फिर्ता लिनुभयो । राष्ट्र सामु स्थिरताको प्रतिवद्धता जनाएका दुई पार्टीले नै अस्थिरतातिर अग्रसर हुनु चिन्ताको विषयहो ।’ प्रधानमन्त्री प्रचण्डले यसअघि पुस २६ गते विश्वासको मत लिएका थिए । उनी गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए ।

प्रकाशित मिति : March 20, 2023 at 2:06 pm