नेकपा एसमा जिम्मेवारी हेरफेरः बेदुराम उपाध्यक्षमा बढुवा, महासचिवमा घनश्याम
५ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाललाई महासचिव बनाउने निर्णय गरेको छ। पार्टी कार्यालय आलोक नगरमा बसेको केन्द्रिय सचिवालयको ५३ औं बैठकले महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष मनोनयन गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
एमाले छाडेर स्वतन्त्र लडेका घनश्याम चुनावमा पराजित भएपछि नेकपा एसमा लागेका थिए । त्यस्तै रिक्त रहेको महासचिव पदमा घनश्याम भूसाललाई मनोनित गरिएको उनले बताए । योसँगै सो पार्टीको केन्द्रिय सचिवालयको संख्या १९ पुगेको छ ।
प्रकाशित मिति : March 19, 2023 at 1:38 pm









