१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

बिपिडब्लु लघुवित्तको आईपीओ बाँडफाँड: कतिले पाए सेयर, यसरी हेर्नुहाेस् नतिजा

३ चैत, काठमाडाैं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज चैत ३ गते शुक्रबार बाँडफाँड गरिएको छ। आईपीओ धितोपत्र बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सको कार्यालयमा बिहान ११ बजे बाँडफाँड गरिएको हो।

बिपिडब्लु लघुवित्तले गत फागुन १८ गतेदेखि फागुन २३ गतेसम्म आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने १०० अंकित दरका कुल ९७ हजार कित्ता आईपीओ बिक्री गरेको थियो। जसमा १० प्रतिशलते हुन आउने ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरिसकिएको थियो भने १ हजार ५०० कित्ता सेयर कर्मचारीलाई र ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित राखी बाँकी रहेको ८० हजार ९५० कित्ता सेयरमा सर्वसाधारणले खरिद आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो।

क्यापिटलका अनुसार कम्पनीकाे आईपीओमा कुल १४ लाख ५९ हजार ७ सय ८४ जना आवेदकबाट १ करोड ५७ लाख ३५ हजार ८ सय १० कित्ताको लागि आवेदन परेको थियो। जस मध्ये १५ सय ६ जनाको आवेदन रद्द भएको छ । मागभन्दा बढीको आवेदन परेका कारणले योग्य रहेका १४ लाख ५८ हजार २ सय ७८ जना आवेदकलाई गोलाप्रथाबाट सेयर बाँडफाँड गर्दा ८ हजार ९५ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । बाँकि १४ लाख ५० हजार १८३ को हात खाली भएको छ।

आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। नतिजा प्रकाशन भएपछि बिक्रि प्रबन्धक मेगा क्यापिटलको वेबसाइट https://megacapitalmarkets.com/ सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट  iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

प्रकाशित मिति : March 17, 2023 at 11:34 am