७ असार २०८३, आइतबार | Sun Jun 21 2026

कुमारी बैंकको ८६ हजार बढी कित्ता सेयर बिक्रीमा, क- कसले दिन पाउछन् आवेदन ?

२ चैत, काठमाडाैं । कुमारी बैंकले केही संस्थापक सेयर बिक्री गर्ने भएकाे छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुका नाम रहेकाे ८६ हजार ३३३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। बैंकका संस्थापक सेयरधनी शौरभकृष्ण मल्लले आफ्नाे नाममा रहेकाे ७१ हजार २६५ कित्ता र सञ्जीवभक्त श्रेष्ठले आफ्नाे नाममा रहेकाे १५ हजार ६८ कित्ता सेयर बिक्रीका लागि निवेदन दिएकाे हुनाले उक्त सेयर बिक्री गर्न लागेकाे बैंकले जनाएकाे छ ।

उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन्। साे सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौं वा कुमारी बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

ताेकिएकाे समय अवधिभित्र उक्त सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरूबाट कुनै पनि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त सेयर विक्री प्रक्रिया अघि बढाईने बैंकले जनाएकाे छ ।

प्रकाशित मिति : March 16, 2023 at 12:27 pm