१५० रुपैयाँमा प्रभु बैंकको सेयर बिक्रिमा, क- कसले दिन पाउछन् आवेदन ?
२ चैत, काठमाडाैं । प्रभु बैंकले केही संस्थापक सेयरहरू बिक्रीमा ल्याएकाे छ । बैंकको संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको ५ लाख ७ हजार ९३७ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले उक्त सेयर बिक्री गर्न लागेको बैंकले जनाएकाे छ । बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य १२५ रुपैयाँदेखि १५० रुपैयाँसम्म तोकिएको छ। यसको अर्थ सेयर खरिद गर्न चाहनेहरुले न्यून मूल्य वा सोभन्दा बढी मूल्य प्रस्ताव गरी आवेदन दिनुपर्नेछ।
बैंकले एक सूचना प्रकाशन गर्दै बैंकका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडाैंकाे बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा सेयर खरिदका लागि निवेदन दिन आग्रह गरेको
ताेकिएकाे समय अवधिभित्र संथापक सेयरधनीहरूबाट उक्त सेयर खरिदका लागि कुनै पनि निवेदन नआएमा बैंक तथा वित्तीय संस्था ऐन, २०७३, को निर्देशन र अन्य प्रचलित कानून बमोजिम अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ ।
प्रकाशित मिति : 10:27









