८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

आइसिसि क्रिकेट लिग–२ खेल हेर्न प्रधानमन्त्री ‘प्रचण्ड क्रिकेट मैदानमा

२ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्रिभुवन विश्वविद्यालय क्रिकेट खेल मैदानमा जारी आइसिसि विश्वकप क्रिकेट लिग–२ अन्तरगतको अन्तिम खेल हेर्न सहभागि भएका छन् ।

मैदानमा नेपालसँग यूएई भिड्दै छ । यूएईका कप्तान मोहम्मद वासिमले टस जितेपछि नेपाललाई बलिङको निम्तो दिएको हो । नेपाललाई आजको खेल जित्नै पर्ने वाध्यता छ । खेल जिते नेपाल आगमी जुन र जुलाईमा जिम्बाबेमा हुने विश्वकप छनोटमा सिधै खेल्न पाउनेछ । खेल हारे यही महिनाना मिबियामा हुने ‘क्वालिफायर प्लेअफ’ खेल्नु पर्नेछ ।

खेल मैदानमा कुशल मल्ल, आसिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी,ललितनारायण राजवंशी रोहितपौडेल (कप्तान), भीम सार्की, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुलशनझा, सन्दीप लामिछाने उत्रिएका छन् ।

घरेलु मैदानमा जारी खेल हेर्न बिहीवार बिहानै देखि दर्शक भेलाहुन सुरु भइसकेको छ । क्यानका अनुसार समर्थकले बुधवार नै मैदानमा सहभागि हुन टिकट काटि सकेका छैन । सबै टिकट बिक्रि भइसकेको क्यानको भनाई छ । क्यानकाअनुसार बुधवार साँझसम्म करिब ११ हजार टिकट बिक्रि भइसकेका छन् ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार १०:०९