तपाईंकाे डिम्याट खातामा आयाे त ७.५ प्रतिशत बोनस सेयर ?
२ चैत, काठमाडाैं । चिलिमे जलबिद्युत कम्पनी लिमिटेडले सेयरधनीहरूको डिम्याट खातामा बोनस सेयर जम्मा गरेकाे छ । कम्पनीले पुस २२ गते सम्पन्न २६ औं वार्षिक साधारणसभाबाट पारित भएको ७.५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत गराई बुकक्लोज मितिसम्ममा डिम्याट खाता अभौतिकिकरण गराएका सेयरधनीको सम्बन्धित हितग्राही खातामा जम्मा गरेकाे हाे ।
उक्त मिति पश्चात डिम्याट खाता अभौतिकिरण गराएका सेयरधनीहरुको हकमा क्रमश रकम जम्मा गरिने कम्पनीले जनाएको छ ।भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरूले कम्पनीको सेयर अभौतिकीकरण गराएपश्चात् स्वतः हितग्राही खातामा उक्त रकम जम्मा हुने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : March 16, 2023 at 9:19 am









