५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

दोहोरो अंकले घट्याे सेयर बजार, दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट

१ चैत, काठमाडौं । साताको चौथो काराेबारकाे दिन बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज १४.४४ अकंले घटेर १९३८.६२ बिन्दुमा बन्द भएको छ । आज २५३ कम्पनीको ३७ लाख १६ हजार ६८४ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब २० करोड २१ लाख ४१ हजार ८८२ रुपैयाँको कारोबार भएको छ ।

आज एनआइसी एशिया बैंकको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन १० करोड ३५ लाख रुपैयाँमाथिको कारोबार भएको हाे । आज दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। यस दिन युनिक नेपाल लघुवित्त, शुभम् पावरको सेयरमा सकारात्मक सर्किट लागेको हाे । किसान लघुवित्तको शेयर मूल्य सबैभन्दा बढी घटेको छ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार १५:२३