१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

रावा इनर्जी कम्पनीले आईपीओ निष्कासन गर्न धिताेपत्र बाेर्डबाट पायाे अनुमति

३० फागुन, काठमाडाैं । रावा इनर्जी कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) बाट अनुमति पाएकाे छ ।

कम्पनीले आयाेजना प्रभावित क्षेत्रका स्थानिय, वैदेशिक राेजगारीमा गएका नेपाली र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ८ करोड ४० लाख रूपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्न धिताेपत्र बाेर्डबाट फागुन २५ गते अनुमति पाएकाे हाे ।

धिताेपत्र बाेर्डकाे अनुमतिसँगै अब कम्पनीले साधारण सेयर आईपीओ निष्काशा तथा बिक्री खुला गर्ने छ । कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

कम्पनीको  खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिकास्थित रावा खोलामा ३ मेगावाटको माथिल्लो रावाखोला साना जलविद्युत आयोजना सञ्चालनमा रहेको छ।

प्रकाशित मिति : 13:19