२ जेष्ठ २०८१, बुधबार | Thu May 16 2024

मंगलबार पनि १६०० ले बढ्यो सुनको मूल्य, कति पुग्यो ताेलाकाे ?


३० फागुन, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार पनि सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १६०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ५ हजार ७०० रुपैयाँ र तेजाबी सुन ताेलामा १ लाख ५ हजार २०० रुपैयाँमा काराेबार भएको छ।

सोमबार पनि सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ४ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेर १ हजार ३०० रुपैयाँमा काराेबार भएको महासंघले जनाएकाे छ। सोमबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलवार ११:२४

https://srdb.com.np/