१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

छुट्ला है ! तीन कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम अवसर

३० फागुन, काठमाडाैं । विभिन्न तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज फागुन ३० गते मंगलबार अन्तिम दिन रहेको छ । मनकामना स्मार्ट लघुवित्त, समता घरेलु लघुवित्त र आरएमडिसी लघुवित्तले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ यी तीन कम्पनीले भोलि चैत १ गते बुकक्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ आजसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्रै यी लघुवित्तको लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

१) मनकामना स्मार्ट लघुवित्त

मनकामना स्मार्ट लघुवित्तले आफ्नो पाँचौँ वार्षिक साधारणसभा चैत १६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको सिद्धार्थनगर–६स्थित होटेल पौवामा आयोजना गर्नेछ। सभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

२) समता घरेलु लघुवित्त

समता घरेलु लघुवित्तले आफ्नो नवौँ वार्षिक साधारणसभा चैत ११ आयोजना गर्ने निर्णय गरेको छ। सभा काभ्रेको हिमालयन दृश्य रिसोर्टमा बिहान ११ः३० बजेबाट हुनेछ। सभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

३) आरएमडिसी लघुवित्त

आरएमडीसी लघुवित्तले आफ्नो २४ औँ वार्षिक साधारणसभा चैत १० आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडाैं कालिकास्थानस्थित अमृतभोगमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको २६ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि १.३६ प्रतिशत नगद लाभांश गरी कुल २६.३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलवार ०९:०१