२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

शीतल निवासबाट बिदा भइन् विद्या भण्डारी

२९ फागुन, काठमाडाैं । निवर्तमान राष्ट्रपति विद्या भण्डारी शीतल निवासबाट बाहिरिएकी छिन् । भण्डारी राष्ट्रपति रामचन्द्र पौडेललाई पदभार हस्तान्तरण गरेर शीतल निवासबाट बाहिरिएकी हुन् ।

भण्डारीको बिदाइमा नेपाली सेनाले टुँडिखेलबाट २१ तोपको सलामी अर्पण गरेको थियो । निवर्तमान राष्ट्रपति भण्डारीलाई सरकारका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपहार प्रदान गरेका थिए । २०७२ कात्तिक ११ गते भण्डारी पहिलोपटक नेपालको राष्ट्रपति चुनिएकी थिइन् ।

भण्डारी दोस्रो कार्यकालका लागि २९ फागुन २०७४ मा पुनः निर्वाचित भएकी थिइन् । दुईपटक गरी करीब साढे ७ वर्ष हाराहारी उनी नेपालको राष्ट्रपति रहिन् । बुढानिलकण्ठ चपलीस्थित निजी निवासको मर्मतसम्भार नसकिएकाले भण्डारी केही समय छोरीको घरमा बस्ने बताइएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार १४:३०