५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

आज पनि बढ्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

२९ फागुन, काठमाडाैं ।  साताको दोस्रो काराेबारकाे दिन सोमबार पनि सुनको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ४ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार ६०० रुपैयाँमा काराेबार भएको छ।

आइतबार पनि सुनको मूल्य ताेलामा १७०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १ हजार २५५ रुपैयाँमा काराेबार भएको महासंघले जनाएकाे छ। आइतबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १ हजार २४५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार १०:५९