कुमारी बैंकको ३ लाख २१ हजार कित्ता सेयर बिक्रिमा, क-कसले दिन पाउछन् आवेदन ?
२९ फागुन, काठमाडाैं । कुमारी बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्रीमा ल्याएकाे छ । बैंकको संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको ३ लाख २१ हजार ३९४ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले उक्त सेयर बिक्री गर्न लागेको बैंकले जनाएकाे छ ।
बैंकले एक सूचना प्रकाशन गर्दै पहिला बैंकका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरी बैंकको सेयर रजिष्टार कुमारी क्यापिटल नागपोखरी वा बैंकको केन्द्रिय कार्यलयमा पुग्ने गरी निवेदन दिन आग्रह गरेको छ ।
साथै, ताेकिएकाे समय अवधिभित्र संस्थापक सेयरधनीहरूबाट साे सेयर खरिदका लागि कुनै पनि निवेदन नआएमा बैंक तथा वित्तीय संस्था ऐन, २०७३, को निर्देशन र अन्य प्रचलित कानून बमोजिम अन्य व्यक्तिहरुलाई बिक्री गरिने बैंकले जनाएको छ ।
प्रकाशित मिति : March 13, 2023 at 10:31 am







