४ कार्तिक २०८३, मंगलबार | Tue Oct 20 2026

छुट्ला है ! दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२९ फागुन, काठमाडौं । विभिन्न २ कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज फागुन २९ गते सोमबार अन्तिम दिन रहेको छ । यी कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ भोली फागुन ३० गते बुकक्लोज गर्दैछन् । यसको अर्थ आजसम्म कायम सेयरधनीहरुले मात्रै यी दुवैको लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

१) कृषि विकास बैंक

कृषि विकास बैंकले आफ्नो सोह्रौँ वार्षिक साधारणसभा १४ गते बाेलाएकाे छ। सभा भक्तापुरको बोडेस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा हुनेछ। सभाले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित २ प्रतिशत बोनस सेयर र कर सहित ११ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश पारित गर्नेछ ।

२) स्वरोगार लघुवित्त वित्तीय संस्था

स्वरोजगार लघुवित्तले आफ्नो १४ औँ वार्षिक साधारणसभा चैत ११ आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडाैंकाे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान बिहान ११ः३० बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तावित चुक्तापुँजीको २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१५७ प्रतिशत नगद लाभांश गरी जम्मा २३.१७५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

प्रकाशित मिति : March 13, 2023 at 9:45 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/