आइएमई पे मोबाइल टप–अपमा ५ प्रतिशत क्यासब्याकको निरन्तरता
२८ फागुन, काठमाडाैं । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्घित ‘आइएमई पे’ ले आफ्नो सेवाग्राहीलाई आइएमई पे मोबाइल वालेटमार्फत गरिने रिचार्जमा ५ प्रतिशत क्यासब्याकको अफर यथावत राखेको छ।
टप अपमा ५ प्रतिशत क्यासब्याक पाउने अफरबाट धेरै सेवाग्राहीलाई फाइदा पुगेको विश्वासका आधारमा यो अफरलाई यथावात राखिएको हो। यो अफरले वित्तीय साक्षरता अभिवृद्विमा महत्वपूर्ण भूमिका खेल्दै डिजिटल कारोबारमा आमसेवाग्राहीलाई अभ्यस्त बनाउने विश्वास लिइएको छ।
भौतिक नगदभन्दा बढी डिजिटल कारोबरको अनुभव प्राप्त होस् भन्ने उद्देश्यका साथ टप अपमा ५ प्रतिशतको अफरलाई मुख्य प्राथमिकर्ताका साथ अगाडि बढनेमा सहमत देखिएको छ।
आमसेवाग्राहीले रु. २ हजार रिर्चाज गर्दा रु. १००, रु. १ हजार गर्दा रु. ५० र रु. १०० गर्दा रु. ५ क्यासब्याकका साथै हरेक रिर्चाजमा ५ प्रतिशतसम्म प्राप्त हुनेगरी व्यवस्था मिलाइएको छ।
यो व्यवस्था आइएमई पेमा दर्ता भएको मोबाइल नम्बरमा ५ प्रतिशत र दर्ता नभएको मोवाइल नम्बरमा २ प्रतिशत कायम गरिएको छ।
प्रकाशित मिति : March 12, 2023 at 4:29 pm









